वडाध्यक्ष नै जुवाखालबाट पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
juwa-tas-kauda

फाइल तस्बिर

नवलपरासी । पूर्वी नवलपरासीमा वडाध्यक्ष नै जुवाखालबाट पक्राउ परेका छन् ।

कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का वडाध्यक्ष टोलनाथ कँंडेलसहित ९ जना पक्राउ परेका हुन् ।

शनिबार दिउँसो १ लाख ६८ हजार रुपैयाँ नगदसहित नवलपुर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा बौदीकाली १ का ४९ वर्षीय टोलनाथ कँडेल, कावासोती २ का ५२ वर्षीय रामजी केसी, ४४ वर्षीय चूडामणि कँडेल, कावासोती ८ का ३८ वर्षीय श्रीधर शर्मा, कावासोती ३ का ४० वर्षीय बलबहादुर गुरुङ, ४१ वर्षीय गमबहादुर सिंजाली, ३३ वर्षीय किरण केसी, कावासोती ४ का ४१ वर्षीय रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width