गाउँपालिका अध्यक्ष–उपाध्यक्षबीच विवाह

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७७
babhiva progrem photo

हेमजा । नेपालमा सम्भवतः पहिलो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ ।

कास्कीको माछापुच्छे« गाउँपालिका वडा १ निवासी गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४ निवासी गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखरामा वैवाहिक कार्यक्रम सम्पन्न भएको हो । हेमजास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार उनीहरु वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपाध्यक्ष मञ्जुदेवी गुरुङ लगायत विवाह समारोहमा सरिक थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच वैवाहिक सम्बन्ध स्थापित गराउन नेकपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकको जोडबलपछि दुवै जना राजी भएका हुन् । आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो ।

पूर्व एमाले उनीहरु स्थानीय तहको निर्वाचनमा चुनाव जितेर अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width