प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

rss रासस
मंसिर २७, २०७७
cricket

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ । लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट सङ्घले शुक्रबार तीन वैकल्पिकसहित १७ खेलाडी छनोट गरेको हो ।

कास्की जिल्लाबाट छनोट भएका खेलाडीमा सृष्टी पौडेल, सिर्जना पौडेल, एलिशा क्षेत्री, गङ्गा लुयाली, प्रमिला बानियाँ, शिला रेग्मी, धन छन्त्याल, स्मृति गुरुङ, प्रतिमा बानियाँ, विन्दु थापामगर, त्रिष्ना देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुँवर छनोट हुनुभएको सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

यसैगरी वैकल्पिक खेलाडीमा एलिना सुनार, सुरक्षा क्षेत्री र अनुष्का बराल हुनुहुन्छ । खेलाडी छनोट गर्न मङ्सिर २२ देखि छनोट ‘क्याम्प’ आयोजना गरिएको र जिल्लाबाट छनोट भएका खेलाडी पुस १ देखि पोखरामा सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सिग्देलको भनाइ छ ।

प्रदेशस्तरबाट छनोट भएका खेलाडीले आगामी पुस ११ देखि सञ्चालन हुने प्रधानमन्त्री कपमा स्पर्धा गर्नेछन् । यसैगरी पुरुषतर्फको छनोटका लागि भने क्लबस्तरीय प्रतियोगिता पोखरा रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे, पोखरा, अरण्यज्योति, साँग्रिला, कास्की र राइजिङ पोखरा क्रिकेट क्लबसहित छ टोलीले सहभागिता जनाएको जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पाेखरा । चितवन क्रिकेट क्लब पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिग प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनलमा…
    • टी–२० क्रिकेटमा चितवन विजयी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । केएन स्पोर्टस् प्रालिको आयोजनामा सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट लिग सुरु भएको छ । सुपर जनरल कम्पनीको मुख्य…
    • कास्की जिल्ला क्रिकेट संघको सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      पोखरा । कास्की जिल्ला क्रिकेट संघको तेस्रो साधारण सभा भएको छ । सभाले कार्यसमितिमा रिक्त २ पदमध्ये १ सदस्यमा अरुण…
    • क्लबस्तरीय टी–२० लिग क्रिकेट हुने

      Avatar आदर्श समाज सम्वाददाता फागुन १०, २०७७
      पोखरा । पोखरामा क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । केएन स्पोर्टस् प्रालिले फागुन १७…
    • माछापुच्छ्रे  एकेडेमी उद्घाटनसँगै बक्स क्रिकेट

      Avatar आदर्श समाज सम्वाददाता माघ २३, २०७७
      पोखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । पोखरा २७ स्थित माछापुच्छ«े…

    hero news full width

    sanil ads

    wordlink ads