पत्रकार पुनको नियात्रा संग्रह साइनो विमोचन

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७७
saino book1

पोखरा । कलाकार, पत्रकार तथा नियात्राकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साइनो एक कार्यक्रमका वीच पोखरामा विमोचन गरिएको छ । प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक तथा योजना मन्त्री किरण गुरुङले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रमका प्रमूख अतिथि मन्त्री गुरुङले पुस्तकका लेखक पुनलाई लामो समय अगाडिदेखि चित्रकारका रुपमा चिनेको स्मरण गर्दै पत्रकार र नियात्रकारका रुपमा पनि परिचित हुन पाएको बताए । लेखकले धेरै कुरामा चासो राखेर भ्रमण गर्दै पुस्तकमा नियात्रको वर्णन गर्न सफल भएको पनि उनको भनाइ छ । धेरै ठाँउमा घुमेर अध्ययन गरेर धेरै मेहनत गरेर आफूले जानेका कुरा अरुलाई पनि जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन हुनु ठूलो योगदान भएको पनि उनले सो अवसरमा बताए ।

सो अवसरमा विशिष्ठ अतिथि आयोजक संस्थाका केन्दीय संगठन विभाग प्रमूख उत्तम कँडेलले प्रकृति र पर्यावरणका क्षेत्रमा नियात्रकार पुनले रुचि राख्दै सर्वसारधणलाई जागरुक बनाउनु महत्वपूर्ण भएको जानकारी दिए । कँडेलका अनुसार वर्तमानमा विकास र निर्माणलाई सभ्यताको केन्द्र ठान्ने परिपाटी रहेका कारण विश्वव्यापीरुपमा जीवनमा संकट पैदा हुन पुगेको पनि बताए । पृथ्वी नारायण क्याम्पसरका नेपाली विभाग प्रमूख प्रा डा कुुसुमाकर न्यौपानेले नियात्राकार पुन प्रकृतिपे्रमी लेखक भएको उल्लेख गर्दै नेपालका विभिन्न स्थानहरुको मनमोहक चित्रण साइनो पुस्तकमा पाइने भनाइ राखेका थिए । संस्कृति भने पछि सम्मोहित हुने लेखक पुनले तयार पारेको यात्रा संस्मरण पुस्तकको अध्ययनबाट नेपाली समाजमा प्रचलनमा रहेका पशुपंक्षी पालन, होटल तथा होमस्टे लगायतका व्यवसायमूलक संस्कृतिसँग परिचित हुन सकिने उनको धारणा छ ।

पुस्तकमाथि परिचर्चा गर्दै डा जगन्नाथ रेग्मीले कला साहित्यको सेवामा निरन्तर क्रियाशील नियात्राकारले होमस्टे क्षेत्रका विभिन्न वृत्तान्त प्रस्तुत गरेको बताए । पत्रकार अनुप प्रकाश पौडेलले कृतिकारको व्यक्तित्वका विभिन्न आयाम बारे परिचय दिएका थिए । सो अवसरमा पुस्तकका लेखक तिलकप्रसाद पुन पुर्जा, नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद तिमल्सेना, नेपाल अर्वुद्द रोग निवारण संस्था कास्की अध्यक्ष रामचन्द्र थापा, नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले पनि बोलेका थिए । आयोजक प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका उपाध्यक्ष शिवप्रसाद वस्ताकोटी शिवदाइको सभापतित्वमा सम्पन्न कार्यक्रम संचारकर्मी लक्ष्मी थापाले संचालन गरेकी थिइन् ।

नियात्रकार पुनको यसअघि लोकसंस्कृतिका सुसेलीहरु र वस्तीभित्र पुस्तक प्रकाशित छन् । पोखरामा लामो समयदेखि कलाकारितामा सक्रिय पुनले पत्रकारिताका क्षेत्रमाा पनि उत्तिकै योगदान दिएका छन् । शुक्रबार विमोचित साइनो पुस्तकमा यात्रामुलक सैतींसवटा लेखरचना संग्रहित छन् । नेपालका विभिन्न गाँउवस्तीहरु भ्रमण गरी ती लेखहरु तयार पारिएका छन् । ती लेखमा भ्रमण गरेका वस्तीका प्रकृति, लोकसंस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व सहित विभिन्न पक्षको चर्चा गरिएका छन् । पुस्तकले देश र भूगोलको वीचमा साइनो लगाउन अभिप्रेरित गर्दै लोकसंस्कृति तथा पर्यटनको प्रर्वद्दनमा पनि महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित ।

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…

hero news full width