लेखनाथ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले शान्तिसुरक्षाबिना देशको विकास सम्भव नभएको बताएका छन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको १४ औं साधारण सभा एवं सातौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकार अहिले विकास र समृद्धि अभियानमा लागिरहेको बताउँदै यसको लागि शान्तिसुरक्षा पहिलो शर्त भएको बताए । उनले प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै उनले भने, ‘देशका सबै नागरिक बर्दिबिनाका प्रहरी हुन्, मात्र हामी कानून कार्यान्वयन गराउने निकायरुपमा भूमिका निर्वाह गरिरहेका छौं । यसमा प्रत्येक नागरिकको साथ र सहयोग जरुरी छ ।’
समाजमा विभिन्न अपराधजन्य घटना न्यूनीकरणका लागि समुदायसँग सहकार्य गर्ने अवधारणाबमोजिम देशैभरी सामुदायिक सेवा केन्द्रको स्थापना भएको उनले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्की अध्यक्ष सोमनाथ बास्तोलाले सामुदायिक सेवा केन्द्रहरुको सामूहिक प्रयासले विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गरे ।
पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङले विकास निर्माणका लागि नागरिकसँगको साझेदारी कार्यक्रम फलदायी भएको बताए ।
कार्यक्रममा लेखनाथ सामुदायिकका संस्थापक अध्यक्ष मोति गिरी, नेकपाका टीकाराम पंगेनी, नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, केन्द्रका कानूनी सल्लाहकार राममणि अधिकारी, पूर्व अध्यक्ष शैलेन्द्रमोहन भट्टराईलगायतले सामुदायिक सेवा केन्द्रको स्थापनाले समुदायमा शान्तिसुरक्षा र अमनचयन प्रत्याभूति गराएको बताए ।
लेखनाथ सामुदायिकका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलपी ढुंगानाले स्वागत र सचिव त्रिलोचन लामिछानेले सञ्चालन गरेका थिए ।
सो अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान पुर्याएवापत पूर्व अध्यक्षहरु शेरबहादुर गुरुङ र शैलेन्द्रमोहन भट्टराई, सल्लाहकार सदस्य राजेन्द्र ओझा, संस्थागत रुपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, कार्यसमितितर्फबाट सचिव त्रिलोचन लामिछाने र सदस्य कृष्णप्रसाद अधिकारी, कानूनी सल्लाहकार राममणिअधिकारी, र इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख अर्जुन रानाभाटलाई सम्मान गरिएको थियो ।
कोरोना महामारीका कारण गत मंसिर १४ देखि सुरु साधारणसभा तथा अधिवेशनले शनिबार हुने निर्वाचन कार्यक्रमबाट नयाँ नेतृत्व चयन गर्ने छ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७