नेपाललाई हिन्दू राष्ट्र बनाऔंः गुरुङ

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७७
20201210_122748

हेमजा । अन्नपूर्ण गाउँपालिका–३ काँडे बराह मन्दिर परिसरमा निर्मित कुण्ड (पोखरी) बिहीबार उद्घाटन गरिएको छ ।

कुण्ड उद्घाटन गर्दै राप्रपा केन्द्रीय सदस्य एवम् मन्दिरका संरक्षक कुलबहादुर गुरुङ ‘कुलु’ ले धर्मसंस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले अधिकांश हिन्दू धर्मावलम्बी रहेको नेपाललाई धर्मनिरपेक्षबाट परिवर्तन गरी हिन्दू राष्ट्र बनाउनुपर्ने बताए । गुरुङले सबै नेपालीलाई हिन्दू राष्ट्रको पक्षमा लाग्नसमेत आग्रह गरे । अन्य स्थानमा रहेका बराह मन्दिरको तुलनामा काँडे बराहको शक्ति अद्भूत रहेको उनको दाबी थियो।

वडाध्यक्ष चन्द्रबहादुर गुरुङले अन्नपूर्ण क्षेत्रको प्रमुख शक्तिपीठका रुपमा काँडे बराहलाई चिनाउँदै प्रचारको आवश्यकता औल्याए ।

उक्त अवसरमा पं. पुण्यप्रसाद सुवेदी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पं. तारानाथ शर्मा, पत्रकार कमल पौडेल अथक, स्थानीय बुद्घिजीवी सुरज पौडेल, बौद्घ आमा समूहका अध्यक्ष मैताकुमारी गुरुङलगायतले धारणा राखेका थिए।

कार्यक्रमबीच मन्दिर कोषाध्यक्ष गुरुदत्त भारतीले कुण्ड निर्माणका लागि विभिन्न माध्यममार्फत ९ लाख ९७ हजार ३ संकलन गरिएकोमा ७ लाख ७४ हजार २ सय रुपैयाँ लागत लागेको जानकारी दिए ।

सो अवसरमा कुण्ड निर्माणमा सहयोगी संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरिएको थियो।

मन्दिरमा पूजाआजा गर्दा निःसन्तानलाई सन्तान प्राप्ति हुने, रोगव्याध नलाग्ने, कृषिउपजको सहज उत्पादन हुने र भण्डारण गर्न सकिनेलगायत जनविश्वास छ ।

कार्यक्रममा स्थानीय पाउँदुर विश्वकर्मा नौमती बाजा समूहले पञ्चेबाजा तथा सिर्जनशील आमा समूह पाउँदुर र नवज्योति आमा समूह मराउँचेले भजन प्रस्तुत गरेका थिए ।

मन्दिर संरक्षण व्यवस्थापन समिति अध्यक्ष गुञ्जमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य रेवती अधिकारीले स्वागत र सचिव युवराज गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width