मजदुर महिलामाथि बलात्कार

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७७
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

कावासोती । कावासोती–३, अठ्ठाइस विगाहमा २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।

घर निर्माणमा मजदुरी गर्ने ती महिलामाथि मंसिर २३ गते सँगै काम गर्ने अन्य ३ जनाले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाले बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।

पीडित महिलालाई अठ्ठाइस विगाहमा बलात्कार भएको सूचना आधारमा प्रहरीले मजदुरी गर्ने बाराको पचरौता नगरपालिका–९, कुडवाका १९ वर्षीय सन्दीपकुमार यादव र १९ वर्षीय शरदप्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिए ।

घटनामा संलग्न घरबेटी स्याङ्जाको चापाकोट नगरपालिका–९ साँखरका घर भई हाल कावासोती बस्ने भगवत भट्टराई फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जानएको छ ।

भट्टराईको घरनिर्माणको दोस्रो तला ढलानको काम सकेपछि सोही काममा मजदुरी गर्ने पीडित महिलामाथि ३ जनाले मदिरा सेवन गरी बलात्कार गरेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width