जनप्रिय क्याम्पसको २९ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७७
janapriya

पोखरा । गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले जनप्रिय बहुमुखी क्याम्पसको शैक्षिक गतिविधि अब्बल रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले आफ्नो वडाको क्याम्पस, स्वयम् सिनेटर र सल्लाहकार पनि भएकाले मानीत विश्वविद्यालय निम्ति आवश्यक भौतिक संरचना र जग्गा प्राप्तिका लागि प्रतिबद्ध भएको जनाए । क्याम्पसको २९ औं वार्षिकोत्सव अवसरमा सांसद थापाले सो कुरा बताएका हुन् ।
क्याम्पसका सल्लाहकार परशुराम बरालले रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागू गर्न नेतृत्व सक्षम हुनुपर्ने बताए ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिबद्धतासहित पाँचवर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।

लकडाउन बेला युजिसीबाट १२ लाख ५० हजार सहयोग लिएर पठनपाठन अनलाइनमार्फत सञ्चालन गरेको क्याम्पसले भौतिक दूरी कायम गर्दै परीक्षा पनि चलाइरहेको छ ।

पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर बीसिए, बीएस्सी फिजिक्स, बीएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।

क्याम्पस प्रमुख गौतमले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालू आवका लागि २० करोड ४७ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्व अध्यक्ष दामोदर चालिसे, सल्लाहकार हरिनारायण गिरी, सिर्जना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराई, स्ववियु सभापति आशिक गुरुङ लगायतले क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्म अनुसार अगाडि बढ्न जोड दिए ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट ‘ज्ञानतारा अक्षय कोष’ स्थापनाका लागि २ लाख १ हजार १ सय ११ रुपैयाँको चेक क्याम्पस प्रमुख वीरञ्जी गौतम र कोषाध्यक्ष राजेन्द्र पहारीलाई हस्तान्तरण गरे । अक्षयकोष व्याजबाट हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र शिक्षकलाई पुरस्कृत गरिने जनाइएको छ ।

क्याम्पसमा प्रातः र दिवा सत्रमा गरी ५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । जनप्रियले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले २ पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष तारा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वीरबहादुर अधिकारीले स्वागत, सदस्य सोमनाथ बरालले धन्यवाद ज्ञापन र सहायक क्याम्पस प्रमुख भेषराज बराल उपाध्यायले सञ्चालन गरेका थिए ।

कोरोना महामारीका कारण यस वर्ष क्याम्पसले विगतमा जस्तो अतिरिक्त क्रियाकलाप तथा खेलकुदका कार्यक्रम गरेन ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width