सक्रिय सङ्क्रमित घटे

रासस
मंसिर २४, २०७७
covid 19 corona banner

काठमाडौं, २४ मङ्सिर । देशभरमा आज मङ्गलबारभन्दा ४२७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५६ जना सङ्क्रमित हुँदा एक हजार ४८३ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको संख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ६७० र महिला ३८६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका एक हजार ४८३ समेत गरी आजसम्म दुई लाख ३० हजार ५३७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९४ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको संख्या १३ हजार ८९६ रहेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ४९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २८८ पुरुष र २१४ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७८१, ललितपुर ९४० र भक्तपुरका ४५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसंख्यामा ६१ हजार ८८९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६०९ होम आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको संख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १५१, बाग्मती प्रदेशमा चार हजार ४२९, गण्डकी प्रदेशमा २३६, लुम्बिनि प्रदेशमा ९८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७०८ रहेका छन् ।

देशभरमा गरी आज ३३० सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

तीन जिल्लामा पाँच सय बढी सङ्क्रमित, दुई जिल्लामा शुन्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शुन्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् ।

थप १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५१ पुगेको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शुन्य दशमलव ६८ प्रतिशत हो । यो संख्या प्रति १० लाख पोजेटिभमा ५६ दशमलव पाँच छ ।

Related News

सम्बन्धित समाचार

hero news full width