सिकाइ सहजीकरणका लागि ‘इ क्लास नेपाल’

रासस
मंसिर २३, २०७७
Eclass Nepal

काठमाडौँ, २३ मङ्सिर । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैकल्पिक सिकाइलाई सहजीकरण गर्न ‘इ क्लास नेपाल’ नामक मोबाइल एप्स विकास गरी सञ्चालनमा ल्याएको छ । सो एप्सको आज भर्चुअलरुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गरे । उनले विद्यार्थीलाई सहज एवं सरल ढङ्गबाट विकसित सामग्रीको खोज गर्न, अध्ययन गर्न सकुन् भन्ने अभिप्रायसहित तयार गरिएको सो एप्सले कोभिड–१९ पछि प्रभावित दूरराजका बालबालिकालाई लाभ पुग्ने बताए ।

उनले सरकारले शैक्षिकसत्रलाई खेर जान नदिनका लागि विभिन्न निर्देशिका र शैक्षिक सामग्रीको विकास गरी वितरण गर्दै आएको जानकारी दिए ।

महामारीपछि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरणसहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्गप्रशस्त गरेको थियो ।

केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाका सबै पाठ््यपुस्तकसहितका सामग्री उक्त पोर्टलमार्फत अध्ययन गर्न सकिने व्यवस्था पनि मिलाएको थियो भने श्रव्यदृश्य पाठहरू निर्माण/विकास गरी क्रमशः रेडियो र टेलिभिजनबाट प्रशारण गराएको थियो ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले अनलाइनपद्दतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटबाट पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टिभी र कम्प्युटरमा पहुँच नभएका कक्षा १० सम्मका विद्यार्थीलाई सहज उपलब्ध हुनसक्ने प्रणाली निर्माण गर्न प्राप्त सुझावका आधारमा सो एप्स विकास गरिएको बताए ।

एप्समा केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रशारण गरिएका सबै पाठहरू, पोर्टलमा रहेका पाठ्यपुस्तकलाई अझ सरल ढङ्गबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकका लागिसमेत उपयोगी हुने गरी विषयगत÷ कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम समावेश गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width