गण्डकीमा ३८ संक्रमित थपिए, एकको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७
covid 19 corona banner

पोखरा, २३ मंसिर । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा २१ जना, नवलपुरमा ९ जना, स्याङ्जामा ४ जना, लमजुङमा २ जना र तनहुँ र बागलुङमा एक÷एक जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पोखराका ३४ वर्षीय पुरुषको सोमबार दिउँसो ४ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई मंसिर ११ गते संक्रमण देखिएको थियो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८ सय १२ पुगेको छ भने संक्रमणबाट १७२ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width