नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले अझै १८ करोड बढी रकम चिनी मिल तथा उद्योगबाट भुक्तान पाएका छैनन् । अघिल्लो वर्ष नै भुक्तान पाउनु पर्ने सहमति भएकोमा अर्को सिजन सुरु हुने बेलासम्म भुक्तानी नहुँदा किसान आन्दोलनमा जाने तयारीमा जुटेका छन् ।
लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग एवं इन्दिरा चिनी उद्योग गरी ३ चिनी उद्योगले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अहिलेसम्म बारम्बार बुझाउने प्रतिबद्धता गरे पनि भुक्तानी नगरेपछि किसान आन्दोलनमा जाने निष्कर्षमा पुगेका हुन् ।
राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाई तत्काल रकम भुक्तान नगरे आन्दोलनमा जाने चेतावनी दिएको राष्ट्रिय कृषि श्रमिक संघ नेपाल नवलपरासीका अध्यक्ष निमनारायण चौधरीले बताए ।
उखु उत्पादक किसान समिति नवलपरासी अध्यक्ष उमेश यादवका अनुसार २ वर्षअघिकै लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलले ८ करोड भुक्तान गरेका छैनन् । भुक्तान नगरेकै कारण गत वर्ष यी २ उद्योग सञ्चालनमा आउन सकेनन् । जसले गर्दा बाग्मती खाँणसारी मिलले मात्र गत वर्ष उखु क्रसिङ्ग गरेको थियो । उसको गत वर्ष ४० लाखको हाराहारीमा मात्र भुक्तान बाँकी रहेको अध्यक्ष यादवले बताए ।
यसैबीच, झण्डै ६५ वर्षदेखि उखु खेती गर्न थालेका यहाँ किसानले उखुको रकम भुक्तान पाउने बेला सधैंँ आन्दोलन गर्नुपर्ने अवस्था आएपछि बिस्तारै पलायन हुन थालेका छन् ।
बीस विगाहासम्ममा उखु खेती गर्दै आएका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ७ सूर्यपुराका विश्वबन्धु यादवले अहिले उखु खेती घटाएर ७ विगाहामा झारेका छन् । यादव भन्छन्, ‘उखुको भुक्तान पाउनै गाह्रो, मैले अझै १० लाख बढी भुक्तान पाउनै बाँकी छ । त्यसैले बिस्तारै कम गर्दै गएको छु ।’
त्यसो त उखु खेती गर्दा राम्रो उत्पादन भए १ वर्षमा साढे २ लाख रुपैयाँसम्म आम्दानी हुने भए पनि उखु विकल्पमा गरिने धान, गहुँ, मकै, तोरी लगायतका खेतीबाट वर्षमा १ बिगाहामा उत्पादन भएको अन्न तथा कृषि उपज बिक्री गर्दा ५०/६० हजार बढी आम्दानी नहुने उनी बताउँछन् ।
माटोअनुसार खेती हुने भएकोले कतिपयले उखु खेती छाडेर केरा र बदाम खेती पनि गर्न थालेका छन् भने कतिपयले केरा र बदाम खेती नहुने भएकोले धान गहु मकै तोरी लगाउन थालेका छन् ।
सुस्ता गाउँपालिका ४, गोकुल नगरका किसान तथा नवलपरासी केरा उत्पादक किसान संघका अध्यक्ष लख्खु यादव केरा खेती गर्न थालेका छन् । यादव भन्छन्, ‘उखु धेरै राम्रो तर के गर्नु भुक्तान पाउन छाडेपछि केरा खेती गर्न थालेको छु । आम्दानीको विकल्पको रुपमा केरा खेती गरेको छु ।’ उनले ५ विगाहामा उखुखेती गर्ने गरे पनि अहिले १ बिगाहामा उखु खेती गरी बाँकीमा केराखेती गरेका छन् । त्यसो त भारतीय केरा विनारोकतोक आयात, केराको बीमा नहुनु आदिले केरा खेती पनि भने जस्तो नभएको उनको अनुभव छ ।
उखु उत्पादक कृषक समिति नवलपरासी अध्यक्ष उमेश यादवका अनुसार यहाँ कुनै बेला साढे ७ हेक्टर क्षेत्रफलमा ३२ लाख क्वीन्टलसम्म उखु उत्पादन भएको भए पनि अहिले उखु खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै घटेको छ ।
यस वर्ष करिब ४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको र १० देखि १२ लाख क्युन्टल मात्र उखु उत्पादन हुने अध्यक्ष यादवले बताए । उनका अनुसार किसानले उखु लगाए पनि भुक्तान नपाएका कारण बैलैमा मल हाल्न र गोडमेलका साथै सिचाई गर्न नपाउँदा औषध उत्पादन दर पनि घटेको छ ।
Related News
सम्बन्धित समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
hero news full width
मुख्य समाचार
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
फागुन १८, २०७७