कास्की नेत्रहीन संघमा श्रीकान्त

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७७
netra

पोखरा । कास्की नेत्रहीन संघको २३ औं वार्षिक साधारण सभा तथा१० औं अधिवेशनले श्रीकान्त सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा अमृत बराल, सचिव कुशलराज पोडैल, कोषाध्यक्ष सम्राट गौतम, सहसचिव सुनिता ज्ञवाली, सदस्यहरु अक्षय खड्की, ज्योति पौडेल, हिता गुरुङ र तिलमाया बिक निर्वाचित भए ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्याक्ष र ३ जना महिला सदस्य निर्विरोध निर्वाचित भएकोमा सहसचिव र खुला सदस्य पदका लागि मतदान गराइएको थियो । जसमा सुशील गोदारलाई पछाडि पार्दै सुनिता ज्ञवाली सहसचिव र प्रमोद दाहाल, गोविन्द रिजाल र विशाल त्रिपाठीलाई पछि पार्दै अक्षय खड्की सदस्यमा निर्वाचित भए ।

संघलाई आगामी ३ वर्षभित्रमा आन्तरिक व्यवस्थापन र बाह्य सम्बन्धमा अब्बल बनाउने, कोभिड सक्रमणबाट सिर्जित परिस्थितिअनुरुप स्वास्थ्य क्षेत्र, शिक्षा, रोजगार र स्वरोजगार, सूचना प्रविधि, सशक्तिकरण, क्षमता अभिवृद्धिलगायत क्रियाकलापलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताए।

नेपाल नेत्रहिन संघका केन्द्रिय सचिवालय सदस्य खुमराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

संघ अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शोभा पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमृत बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width