मंसिर । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले विकास निर्माणमा राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।
नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालित अर्थ संकलन अभियानअन्तर्गत सातौं श्रृङ्खलाको शनिवार तालचोकमा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
जिसीले शवबाहन खरिदका लागि संस्थाको योजना सफल पार्न महानगरले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सामाजिक संघसंस्थामा राजनीतिको लेस देखिन नहुने बताए ।
शनिबारको कार्यक्रमबाट ३ लाख ७२ हजार रुपैयाँ संकलन भएको संस्थाले जनाएको छ । हालसम्म करिब १८ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको आर्थिक संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरी, संस्थाका सल्लाहकार धु्रवनाथ अधिकारी लगायतले विपत्मा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामराज अधिकारी र धन्यवाद ज्ञापन वडाध्यक्ष श्रीराम पोखरेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७