प्रतिगमनको खतरा : चित्रबहादुर

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७७
chitra 2

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा रहेको बताएका छन् । सरकारको कमजोर गतिविधि कारण प्रतिगामी राजावादीको सक्रियता बढेको उनको भनाइ छ ।

रुपन्देहीमा शनिबार प्रगतिशील पत्रकार संघ, नेपालका प्रतिनिधिसँगको भेटमा अध्यक्ष केसीले प्रतिगामीसँग सचेत रहन आग्रह गरे । देशभर चलिरहेको राजावादीहरुको गतिविधिलाई हल्कारुपमा लिन नहुने अध्यक्ष केसीको भनाइ छ ।

राजावादी र हिन्दूवादी संस्थाहरुले बहुदलीय व्यवस्थाविरुद्ध २०१७ सालमा पनि अहिले जस्तै गतिविधिहरु संचालन गरेको स्मरण गर्दै अध्यक्ष केसीले जसको परिणामस्वरुप २०१७ पुस १ को काण्ड घटेको र त्यसका विरुद्ध नेपाली जनताले ३० वर्ष लामो संघर्ष गर्नुपरेको बताए ।

बहुदलीय व्यवस्था समाप्त पार्न राजावादीहरुले गतिविधि बढाएको र २०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि अध्यक्ष केसीले स्मरण छ ।

राजावादीहरुको बढिरहेको गतिविधिले २०१७ पुस १ र २०५९ माघ १९ गतेको नियति दोहोरिन सक्ने उनको आशंका छ । उनले प्रतिगामीहरुका बिरुद्व, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन गणतन्त्रवादी शक्ति एक हुनुपर्ने भनाइ छ ।

राजावादीहरुको गतिविधिविरुद्ध, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा गणतन्त्र पक्षधर शक्तिहरु एक हुनुपर्ने केसीले बताएका छन् ।

उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने ठोकुवा गरे । नेपाली जनताले लामो समय लडेर ल्याएको गणतन्त्र बचाउनुको विकल्प नभएको उनको मत छ ।

वर्तमान सरकारका गलत गतिविधि जनविरोधी तथा भ्रष्ट र कुशासन क्रियाकलापहरुबाट जनतामा निरासा छाएको उनको तर्क छ । संघीयताका कारण देश संकटमा परिसकेको दाबी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले नेपाली जनताले संघीयताको बोझ धान्नै नसक्ने दोहोर्‍याए ।

Related News

सम्बन्धित समाचार

    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…
    • जनयुद्धका सहिदको सम्झना

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      हेमजा । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीले देशमा धेरै उपलब्धि हासिल हुन सकेको बताएका…

    hero news full width

    sanil ads

    wordlink ads