पृथ्वीनारायण शाहको सालिक अनावरण

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७७
bahini ktr2077820

खैरेनीटार । नेपाली सेनाका संस्थापक एवम् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरिएको छ । श्री नं. ३ बाहिनी परिसर खैरेनीटारमा २ लाख १४ हजार रुपैयाँ लागतमा उनको सालिक निर्माण गरिएको हो ।

श्री नं. ३ बाहिनीपति सागरबहादुर थापाले सालिक अनावरण गर्दै आधुनिक नेपालको पहिलो सेना प्रमुखको रुपमा पृथ्वीनारायणलाई सेनाले अङ्गीकार गरेको बताए ।

पृथ्वीनारायणको योगदानकै कारणले त्रिकोणात्मक झण्डा बोकेर यो देश हाम्रो हो भन्न पाएका छौं भन्दै उनले इतिहास बिर्सन नहुने बताए ।

सहायक बाहिनीपति उत्तम खड्काले पृथ्वीनारायण शाहको सालिक अनावरणले इतिहासको संरक्षण गर्ने बताए । साथै बाहिनीको सौन्दर्यतालाई समेत शालिकले बढाएको जनाए ।

सो अवसरमा सालिक निर्माण गर्ने कालीगढलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन समीर बस्नेतले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width