होटल तालिम प्रदायक संघमा राना

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
hotel

पोखरा । होटल तालिम प्रदायक संघ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञानबहादुर राना चयन भएका छन् । रानाको अध्यक्षतामा २ जना सदस्य पछि थप गर्ने गरी ९ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा शेरसिंह गुरुङ, सचिव सम्मरबहादुर थापामगर, सहसचिव दीपेन्द्र अधिकारी र कोषाध्यक्ष महेश श्रेष्ठ चयन भए । सदस्यमा राजेन्द्र गुरुङ र दिनेश कुँवर छन् ।

विजय पौडेलको संयोजकत्वमा गठित निर्वाचनण्डलको सदस्यमा मोती श्रेष्ठ र मुकेश गुरुङ थिए ।

समितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिँदै पोखरा ११ का वडा सदस्य मीन गुरुङले संस्थाको सहयोगमा बेरोजगारी युवायुवतीले आत्मनिर्भर हुने अवसर पाउने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width