महानगरका सबै वडामा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
suchana

पोखरा । सूचनाको हकका लािग राष्ट्रिय सञ्जाल पोखरा महानगर सञ्जालले ३३ वटै वडाहरुमा सञ्जाल विस्तार गरेको छ । महानगरका सबै वडामा सञ्जाल बिस्तार गर्ने पोखरा देशकै पहिलो भएको छ ।

महानगर सञ्जालका संयोजक कृष्ण क्षेत्रीले पोखराका वडा ६ र २२ मा वडा भेलामार्फत सञ्जाल गठन गरिएकोमा बाँकीमा कोरोना महामारीको कारण भर्चुअल बैठकबाट संयोजक चयन गरिएको बताए ।

सूचनाको हक के हो, कसरी सूचना पाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहि सञ्जाल विस्तार गरिएको उनले बताए ।

महानगरभित्र सञ्जाल बिस्तार गर्ने क्रममा सोचेभन्दा बढी पोखरेली सर्वसाधारणले अत्यन्तै चासो देखाएका महानगरका सदस्य सचिव रेशम खड्काले बताए ।

महानगर सञ्जालको नियमित बैठकले संयोजक कृष्ण क्षत्रीलाई केन्द्रिय सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने तथा सक्रिय सदस्य जीवन आचार्यलाई सूचना अधिकारीको जिम्मेवारी दिने निर्णय भएको सञ्जालका सदस्य कृष्ण रानाभाटले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जरा, सहसंयोजक शिवराज बस्ताकोटीलगायतले सूचनाको हक कार्यान्वयनमा देखिएका चुनौतीबारे अनुभव बाँडेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width