फाेटाेः एलिना गुरूङकाे फेसबुकपेजबाट ।
पोखरा । ‘वाई वाई नेपाल स्टार’ की प्रतिस्पर्धी एलिना गुरुङलाई उपाधि जिताउन ‘एलिना गुरुङ जिताऔं समिति’ गठन भएको छ।
पोखरामा सम्पन्न विभिन्न सांगीतिक, सांस्कृतिक क्षेत्रका क्रियाशील संघसंस्था लगायत, सामाजिक संस्थाका अगुवाहरु, एलिनाको शुभचिन्तकको भेलाले हिमाली सांस्कृतिक परिवारका अध्यक्ष वरिष्ठ सँस्कृतिकर्मी मेनकाजी गुरुङको संयोजकत्वमा १९ सदस्यीय एलिना गुरुङ जिताऔं समिति गठन गरेको हो । साथै तीन सदस्यीय संरक्षक समिति र १८ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
कास्कीको ताङतिङ गाउँ भई पोखरा निवासी एलिना नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रसारित हुने गायन रियालिटी शोको टप टेन नजिक पुगेकी छन् ।
उनको प्रतिभा कदर गर्दै उपाधि जिताउन गठित समितिको सहसंयोजकमा पोखरेली गायिकाको संस्था हार्मोनीकी अध्यक्ष इतु जोजिजु, सचिवमा तमु सञ्चारकर्मी संघ नेपालकी महासचिव एव्म मादी न्यूज डटकमकी सम्पादक रोशनी गुरुङ, आर्थिक विभाग प्रमुखमा कुमारी गुरुङ, प्रचार विभाग प्रमुखमा खीमा गुरुङ, संघसंस्था समन्वय विभाग प्रमुखमा गायक खिमबहादुर गुरुङ र विदेश समन्वय विभाग संयोजकमा टेकन गुरुङ चयन भएका छन्।
सदस्यहरुमा केशबहादुर गुरुङ, सानु जोजिजु, हिमाल गुरुङ, सु.मन्त्रीजङ्ग गुरुङ, दुर्गा गुरुङ, हिमाल गुरुङ, रमेश गुरुङ, बालकाशी गुरुङ, गौरी गुरुङ, रोशन गुरुङ, पूर्णिमा गुरुङ, राजबहादुर गुरुङ र सन्तोष बस्याल छन््।
समितिको संरक्षकमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, मादी गाँउपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ श्याम र संस्कृतिकर्मी मनकुमार श्रेष्ठलाई चयन गरेको छ ।
अभियन्ता कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी मेनकाजी गुरुङले एलिनालाई उपाधि जिताउन स्वदेश तथा विदेशमा अभियान, सबैको साथ सहयोगका लागि आग्रह एवम पहल गर्न अनुरोध गरेका थिए ।
कार्यक्रम सञ्चालन पत्रकार रोशनी गुरुङले गरेकी थिइन् ।
नेपाल स्टारको उपाधि जित्नेले ३० लाख पाउने छन् । साथै उत्कृष्ट ४ पुगेका प्रतिस्पर्धीहरुले जनही ५ लाख रुपैयाँ पाउने छन् ।
Related News
सम्बन्धित समाचार
श्रीराम सिग्देललाई चलचित्र पत्रकारिता पुरस्कार’
दोहोरीगीतमा आयोजक प्रथम
‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मि शाक्य
सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७