प्यासीको थप उपचारार्थ काठमाडौं लगियो

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
som nath

पोखरा । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ । गत साता उनी कोरोना संक्रमित भएका हुन् ।

अक्सिजनको मात्रा कम भएपछि चिकित्सकको सल्लाहमा विराटनगरबाट शुक्रबार काठमाडौं शिक्षण अस्पतालमा लगेर उपचार भइरहेको हो । प्रदेश प्रमुख प्यासीसहित उनी धर्मपत्नी जानुका पनि उपचारमा छिन् ।

तिहार मनाएर पोखराबाट काठमाडौं हुँदै विराटनगर फर्केका प्रदेश प्रमुख प्यासीको मंसिर १२ मा स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनका स्वकीयसचिव खिमलाल अधिकारीले बताए ।

पोखरा बाटुलेचौरमै रहँदा प्यासीका छोरालाई कोरोना पोजिटिभ भएकाले पनि उनको कोरोना परीक्षण गरिएको थियो । विराटनगरमा उनीसहित धर्मपत्नी होम आइसोलेसनमा थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width