ओटावा, १९ मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।
क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका छन् ।
‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’ उनले भने ।
उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।
सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ ।
उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे ।
क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१