जाल्पा सामुदायिक लघुवित्तमा शपथ

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७७
Jalpa2

पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को मर्जरपछि बनेको नयाँ समितिका अध्यक्ष अर्जुन श्रेष्ठले शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईबाट बिहीबार उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्ष श्रेष्ठको शपथपछि उनले अन्य संचालकलाई शपथ ग्रहण गराए ।

सञ्चालकमा गीताकुमारी योगी गिरि, मीनप्रसाद भट्टराई, वीरबहादुर अधिकारी, सरस्वती बराल, सुस्मा गौतम छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले पनि अध्यक्षबाट बिहीबार नै शपथ लिइन् ।

कास्कीमा प्रधानकार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. र दाङमा प्रधानकार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. मर्ज भएका हुन् । एकीकृत कारोबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट मंगलबारदेखि सुरु भएको हो ।

मर्जरपछि संस्थाको जारी तथा चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको जनाइएको छ । शेयर सदस्य संख्या करिब ८३ हजार छन् ।

त्यस्तै, ऋणी सदस्य करिब ३८ हजार पुगेका छन् । कार्यक्षेत्र २० जिल्ला छ । संस्थाको लगानीमा रहेको ऋण ३ अर्ब ४० करोड रुपैयाँ छ भने बचतमा करिब २ अर्ब रुपैयाँ छ ।

३ सय ५० जना कर्मचारी आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width