हेमजा । पोखरा–९, दरवारथोक मार्ग स्थित धनुष बचत तथा ऋण सहकारी संस्था लि.को सातौं वार्षिक साधारणसभा सप्ताहव्यापी विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाले मङ्सिर ४ देखि १२ गतेसम्म सो कार्यक्रम गरेको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार प्रेमप्रसाद ढकालले सहकारीले सदस्य हितमा कार्य गर्दै आइरहेको जनाउँदै त्यसलाई अझै बढाउनुपर्ने बताए । उनले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्नुपर्ने भनाइ राखे।
शैक्षिक समाज सहकारी संस्थाका अध्यक्ष लीलाधर बरालले स्थापनाको छोटो समयमै धनुषले उल्लेख्य सफलता प्राप्त गरेको औँल्याउँदै त्यसको निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए।
कार्यक्रममा शेयर सदस्य लक्ष्मीप्रसाद पौडेल (अनिल) र बालकृष्ण लुइँटेलले पनि धारणा राखेका थिए ।
प्रमुख कार्यकारी अधिकृत विराज सुवेदीले भावी योजनामाथि प्रष्ट पार्दै पेन्सन बचत, अवकाश बचत र बाल दक्षिणा बचत खाताका बारेमा प्रकाश पारे। उनले सहकारीले निकट भविष्यमै प्रोवेसन प्राप्त गरी अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड(एसेस ब्राण्ड) प्राप्ति गर्ने विश्वास समेत लिए ।
सो अवसरमा अध्यक्ष राजाराम सुवेदी, सचिव जगत पौडेल, कोषाध्यक्ष गोविन्दप्रसाद तिम्सिना र कर्जा उपसमितिका संयोजक कृष्णबहादुर खाँणद्वारा प्रस्तुत विभिन्न प्रतिवेदन सर्वसम्मत् अनुमोदन गरिएको थियो ।
सहकारीले अन्नपूर्ण गाउँपालिकाको नागडाँडा र नयाँपुलमा सेवा केन्द्र संचालन गरिरहेको छ। कुल ७ हजार ५ सय ८५ शेयर सदस्य रहेको उक्त सहकारीको वासलात ३० करोडको छ ।
सहकारी अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साधारणसभा कार्यदलका संयोजक उपाध्यक्ष प्रदीप भुजेलले स्वागत र सचिव जगत पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
बिजुली नहुँदा मालिका अन्धकार
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
युवा उद्यमी मञ्चको सहयोग
गण्डकीमा सुरु भयो व्यवसाय जीवन रक्षा कोष, पर्यटन व्यवसायीद्वारा स्वागत
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७