गाडीभित्रै भाडादर टाँसिने

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७७

बागलुङ । बढी भाडा लिएको भन्ने गुनासो बढिरहेको बेला अब भने भाडादर गाडीभित्रै टाँस्नु पर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समिति अध्यक्ष सुरेश न्यौपानेको अध्यक्षतामा सरोकारवालाबीच बुधबार बसेको बैठकले यात्रु नठगिउन् भन्ने उद्देश्यले सो निर्णय गरेको प्रशासनले जनाएको छ ।

बैठकले सवारीसाधनले बढी भाडा लिएको भन्ने गुनासो बढिरहेको भन्दै साविककै भाडादर कायम गरि भाडा लिने र तोकिएको भाडादरको विवरण प्रत्येक सवारीसाधनमा यात्रुले प्रष्ट देख्ने गरि टाँस गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सवारी साधनहरु सञ्चालन गर्ने र यातायत व्यवस्था सञ्चालन गर्ने व्यवस्था मिलाउने त्यसको कडाईका साथ कार्यान्वयनको लागि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालय लगायतका सरोकारवाला निकायबाट अनुगमन गरि प्रतिवेदन पेश गर्नु पर्ने निर्णय समेत बैठकले गरेको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिवप्रसाद पाठकले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width