Representative Image
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
दैनिक रुपमा कोरोना भाइरसबाट सङ्क्रमित भेटिइरहेका बेला जापानको संसद्ले बुधबार एउटा कानून नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ ।
सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी २ करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीले जनाएका छन् ।
फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।
जापानका प्रधानमन्त्रीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानून पारित भएको हो ।
तुलनात्मकरुपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म २ हजार १ सय जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार सङ्क्रमित भएका छन् ।
जापानमा अहिले कहिँ पनि अति कडा लकडाउन लागू गरेको देखिएको छैन ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा कास्कीमा बढी प्रभावित
नेपालमा कोरोना सङ्क्रमित अढाइ लाख नाघे
कोरोना सङ्क्रमितको शव उठाउँदै महिला
कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’
गण्डकीमा ३५ संक्रमित थपिए
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७