पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव जित्न सफल दामु अधिकारी र बाबुराम गिरि पोखरामा बुधबार सम्मानित भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले अध्यक्ष दामु अधिकारी र लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीलाई महासंघको केन्द्रीय सदस्यमा विजयी भएकोमा बधाई ज्ञापन गर्दै खुसी प्रकट गरेको हो ।
संघका अध्यक्ष अधिकारी संस्थापक सदस्यमध्येबाट र गिरी गण्डकी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रको एजेण्डालाई केन्द्रसम्म पुर्याउने काममा सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
धेरैपछि नेपाल उद्योग वाणिज्य महासंघका गण्डकीबाट धेरैजनाको प्रतिनिधित्व भएकोमा खुसी व्यक्त गर्दै उनले कोभिड–१९ ले अर्थतन्त्रमा पुर्याएको असर न्यूनिकरणको लागि महासंघले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित केन्द्रीय सदस्य तथा संघका अध्यक्ष अधिकारीले महासंघको केन्द्रीय सदस्यको रुपमा आफूले देशैभरका साना व्यवसायीहरुको समस्या सल्टाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघले संचालन गर्ने विभिन्न कार्यक्रमहरु जिल्ला/नगर उद्योग वाणिज्य संघमा ल्याउने जिम्मेवारी पनि आफ्नो रहेको उनले बताए ।
अर्का नवनिर्वाचित केन्द्रीय सदस्य गिरीले महासंघको केन्द्रीय सदस्यको रुपमा निजी क्षेत्रमैत्री नीतिनियम निर्माणको लागि राज्यसँग लविङ गर्नु आफ्नो दायित्व भएको बताए ।
उनले निजी क्षेत्र आफ्नो एजेण्डामा हिँड्नुपर्ने र कुनै दल विशेषको गोटी बन्न नहुनेमा जोड दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, महासचिव अर्जुन पोखरेलले संघको आसन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सके संकटको बेला निजी क्षेत्र एक भएको सन्देश जाने बताए ।
उनले सर्वसम्मत नेतृत्व चयनको पहलका लागि वर्तमान अध्यक्षदेखि निवर्तमान र पूर्वअध्यक्षहरुसँग आग्रह पनि गरे ।
Related News
सम्बन्धित समाचार
बैदाम प्रहरीमा महिला इञ्चार्ज
उच्च र जिल्ला बारलाई पुस्तक
लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने
पत्रकार महासंघ कास्कीकाे साधारण सभा, १० पत्रकार सम्मानित
बौरिँदै पोखराको पर्यटन
hero news full width
मुख्य समाचार
इजलास छैन श्रीमानलाई,
टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
माघ ९, २०७७जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
माघ ९, २०७७जग्गाको मालिक बन्दै भूमिहीन
माघ ९, २०७७जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
माघ ९, २०७७भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु
माघ ९, २०७७