कांग्रेस नेता पौडेल पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७७
Ramchandra Poudel

पोखरा, १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । व्यास नपा वडा नं. १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न जाने क्रममा उनी सहित कांग्रेस तनहुँका कार्यवहाक सभापति जीतप्रकाश आले लगायत नेताहरु पक्राउ परेका हुन् ।

तनहुँ प्रशासनले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । नेकपा तनहुँ र राष्ट्रिय युवा संघले पुल उद्घाटनको विरोध गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि उनी पुल उद्घाटनमा जाँदै थिए ।

पौडेलको पक्राउको नेपाली काँग्रेस गण्डकी संसदीय दलले बिरोध जनाएको छ । ‘एकदलीय शासन जस्तो छ । सत्तारुढ दलको आन्तरिक खिचातानीले संघीयता धरापमा पर्दैछ’, दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘आजको घटनाप्रति हाम्रो घोर विरोध छ । उपभोक्ता समितिले जसलाई चाहान्छ उसैबाट उद्घाटन गराउन मिल्छ । यो प्रशासनको नाङ्गो हस्तक्षेप हो ।’

पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width