१३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७
corona_1

पोखरा, १६ मंसिर । नेपालमा गएको २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ३ पुरुष र ५ सय १ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।

काठमाडौँ उत्यकामा थप ५ सय ३० कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २ सय ९० पुरुष र २ सय ४० महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख १६ हजार ५ सय ९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

थप २१ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या १ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width