नेपाल एग्रोको क्षमता अभिवृद्धि तालिम

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७

पोखरा । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले क्षमता अभिवृद्वि तालिम सम्पन्न गरेको छ ।

लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुको लागि घोराही दाङमा प्रथम त्रैमासिक समीक्षा गोष्ठी तथा शाखा प्रमुख÷कर्मचारीहरुको क्षमता अभिवृद्वि एवं सदस्यको म्यादी जीवन बीमासम्बन्धी तालिम कोभिड–१९ विषयमा तालिम गरेको हो ।

कार्यक्रम संयोजक नयन देवकोटाले वित्तीय संस्थाले हालसम्म २० हजार ८० घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८० करोड ९० लाख कर्जा लगानीमा रहेको बाँकी साँवा तथा २६ करोड ५० लाख रुपयाँ बचत संकलन गर्न सफल भएकोे बताए ।

सूर्या लाइफ इन्स्योरेन्सको सहयोगमा सम्पन्न कार्यक्रममा वित्तीय संस्थाका कार्यसञ्चालन÷कर्जा विभाग प्रमुख नयन देवकोटाले भाखा नाघेको कर्जा व्यवस्थापन, कर्जा लगानी वृद्विका उपाय तथा सदस्यको म्यादी जीवन बीमासम्बन्धी कार्यक्रममा सहजीकरण गरेका थिए ।

वित्तीय संस्थाका सूचना प्रविधि, अनुगमन तथा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख रमेश बस्यालले कर्जा सूचना केन्द्रसँग सम्बन्धित विषय तथा शाखाको लेखा प्रणाली व्यवस्थापनबारे सहजीकरण गरेका थिए ।

जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख भीमसेन माझीले कर्मचारीहरुलाई कसरी फिल्ड व्यवस्थापन गर्ने भन्ने जानकारी दिए ।

तालिममा ५ शाखाका १९ जना कर्मचारीहरु सहभागी थिए ।