मुक्तिनाथको केन्द्रीय कार्यालय भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७७
muktinath

पोखरा । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौंमा आफ्नै जग्गामा केन्द्रीय कार्यालय बनाउने भएको छ । काठमाडौं ३, लाजिम्पाटस्थित आफ्नै जग्गामा सोको लागि भूमि पूजा तथा भवनको शिलन्यास भयो ।

बैंकको सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले भूमि पूजा तथा शिलान्यास गरे ।

कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, शेयरधनी तथा ग्राहक महानुभावहरु र कर्मचारीहरु उपस्थित थिए ।

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जनाए ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा लगायत कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको हाल १ सय ३८ शाखाहरु संचालित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width