‘गाउँमा बस्ने चिकित्सकलाई सुविधा बढाइने’

रासस
मंसिर १५, २०७७
Prithvi-Subba-Gurung

लमजुङ, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भने, ‘‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले प्रदेश सरकार र स्थानीय पालिकाले थप सुविधा दिएर भए पनि गाउँमै डाक्टर राख्ने वातावरण बनाउनुपर्छ ।’

गाउँगाउँका अस्पतालमा चिकित्सकहरु नबस्दा ग्रामीण भेगका स्थानीयवासीले शहरका महङ्गा अस्पतालसम्म पुगेर उपचार गर्न बाध्य हुँदै आएको र यसको अन्त्य गरिने उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले भने, ‘नागरिकलाई आधारभूत सेवा पु¥याउन तीनवटै सरकार लागिपरेका छन् । यतिमात्र नभई शिक्षा, सडक, खानेपानीलगायतका विकास सरकारले गाउँगाउँमा समेत गरिरहेकाले यस्ता सेवा उपलब्ध हुँदा बसाइँ सराइसमेत रोकिनेछ ।’ भवन निर्माणसँगै अस्पताललाई स्वास्थ्य उपकरणले भरिपूर्ण बनाउनुपर्ने भएकाले तीनै सरकारको यसमा ध्यान केन्द्रित छ । मुख्यमन्त्रीले भने, ‘भवनमात्र भएर हुँदैन आवश्यक उपकरण र डाक्टर अनिवार्य हुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width