घुस लिएको अभियोगमा प्रहरी निरीक्षकलाई मुद्दा

रासस
मंसिर १५, २०७७
Ghuspic

काठमाडौँ, १५ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग रु १३ हजार घुस लिएको आरोप लागेको छ । आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width