कोभिडबाट पोखरामा थप २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७७
downloaded-4-1-2 (1)

पोखरा, १५ मंसिर । कोरोना संक्रमणबाट गण्डकीमा थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको हिजो (आइतबार) दिउँसो ४ः३० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनलाई मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, पोखरा–१६ कै ५७ वर्षीय महिलाको आज (सोमबार) विहान ४ बजे उपचारको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

उनलाई मंसिर १२ गतकोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १ सय ५६ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width