थप एक हजार २५५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

रासस
मंसिर १४, २०७७
covid 19 corona banner

काठमाडौँ, १४ मङ्सिर । थप एक हजार २५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ९०९ सक्रिय सङ्क्रमित रहेका छन्

कोरोनाबाट थप २५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार १९ कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width