पोखरा । पोखरा महानगरपालिका वडा ३३ मा ६५ वर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । महानगरको वडा ३३ अन्तर्गत साविकको भरतपोखरी गाविस वडा ५, ६, ७, ८ र ९ का ज्येष्ठ नागरिकलाई कोरोना भाइरसको संक्रमण र चिसो मौसमबाट बचाउन टोपी, पञ्जा, मोजा, गलबन्दी, साबुन, चार्जर लाइट साथै न्यूट्रिसियस फूड वितरण गरिएको छ ।
यूनएफपीएको आर्थिक सहयोगमा नेपाल युवा संस्था सन्जाल(आयोन)ले आयोजना गरेको सुरक्षा सामाग्री वितरण कार्यक्रमका प्रमुख अथिति प्रदेश सांसद मीना गुरुङले सांसद तलबभत्ताबाट बुझ्ने रकम ज्येष्ठ नागरिकको हकहितकमा पनि खर्चिने बताइन् । उनले विगतमा पनि तलबभत्ता अन्य सामाजिक कार्यमा खर्चिदै आएकी छन् ।
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रोसँग प्रयोग गर्न, ज्येष्ठ नागरिकहरुले आफूले पनि जानेसम्मका सुरक्षाका उपाय अपनाउन अनुरोध गरे ।
आयोनले १४ वर्षदेखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो वर्ष देखि ज्येष्ठ नागरिकहरुको लागि पनि काम गर्न थालेको छ ।
बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्य भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल,ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश प्रमुख कुशुमकेशव पराजुली लगायतले पनि बोलेका थिए ।
चौतारीका संस्थापक अध्यक्ष भूपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव मोती भुजेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बैदाम प्रहरीमा महिला इञ्चार्ज
उच्च र जिल्ला बारलाई पुस्तक
लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने
पत्रकार महासंघ कास्कीकाे साधारण सभा, १० पत्रकार सम्मानित
बौरिँदै पोखराको पर्यटन
hero news full width
मुख्य समाचार
मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
माघ ९, २०७७जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
माघ ९, २०७७जग्गाको मालिक बन्दै भूमिहीन
माघ ९, २०७७