ज्येष्ठ नागरिकलाई सुरक्षा सामग्री

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७७
surakashya

पोखरा । पोखरा महानगरपालिका वडा ३३ मा ६५ वर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । महानगरको वडा ३३ अन्तर्गत साविकको भरतपोखरी गाविस वडा ५, ६, ७, ८ र ९ का ज्येष्ठ नागरिकलाई कोरोना भाइरसको संक्रमण र चिसो मौसमबाट बचाउन टोपी, पञ्जा, मोजा, गलबन्दी, साबुन, चार्जर लाइट साथै न्यूट्रिसियस फूड वितरण गरिएको छ ।

यूनएफपीएको आर्थिक सहयोगमा नेपाल युवा संस्था सन्जाल(आयोन)ले आयोजना गरेको सुरक्षा सामाग्री वितरण कार्यक्रमका प्रमुख अथिति प्रदेश सांसद मीना गुरुङले सांसद तलबभत्ताबाट बुझ्ने रकम ज्येष्ठ नागरिकको हकहितकमा पनि खर्चिने बताइन् । उनले विगतमा पनि तलबभत्ता अन्य सामाजिक कार्यमा खर्चिदै आएकी छन् ।

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रोसँग प्रयोग गर्न, ज्येष्ठ नागरिकहरुले आफूले पनि जानेसम्मका सुरक्षाका उपाय अपनाउन अनुरोध गरे ।

आयोनले १४ वर्षदेखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो वर्ष देखि ज्येष्ठ नागरिकहरुको लागि पनि काम गर्न थालेको छ ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्य भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल,ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश प्रमुख कुशुमकेशव पराजुली लगायतले पनि बोलेका थिए ।

चौतारीका संस्थापक अध्यक्ष भूपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव मोती भुजेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width