खैरेनीटार । तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएमको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा ज्योति श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवार्इँ, सहसचिवमा सुरेन्द्र पौडेल, कोषाध्यक्षमा शिव पौडेल र सदस्यमा सुजित हिराचन, बुद्धिबहादुर थापा, टीकाराम श्रेष्ठ, सुवासचन्द्र गिरी, हरिलाल रिमाल, राजेन्द्र पौडेल र दिनेश घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचन कार्यक्रम संयोजकमा कमलमोहन घिमिरे तथा सदस्यमा तीर्थराज खनाल र राजन रिमाल रहेका थिए ।
त्यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य तथ पूर्व मन्त्री आशा कोइरालाले संचारको क्षेत्रमा राम्रो काम गरेकोमा एफएमको प्रशंसा गरिन् । उनले भुजिकोटलाई शुक्लागण्डकीको प्रमुख पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन् । साथै उनले सो ठाउँको विकास गर्न, जनताको कर्तव्य, जनप्रतिनिधको काम र कर्तब्य सचेत गराउने कार्यमा मिडियाको भूमिका सशक्त रहने बताइन् ।
कार्यक्रममा शुक्लागण्डकी वडा २ का वडा अध्यक्ष जगतबहादुर गुरुङ्ग, शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठ, वडा ६ का वडा सदस्य बुद्धिबहादुर थापाले बालकदेखि बृद्धसम्म सबैको मनमा बस्न सकेकोमा एफएमको प्रशंसा गरेका थिए ।
कम्पनीका सचिव ज्योति श्रेष्ठ र कोषाध्यक्ष शिव पौडेलले क्रमशः सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा ढोरबाराही एफएमका स्टेशन म्यानेजर राजकुमार आले, पूर्ण आले लगायतले बोलेका थिए ।
यसै अवसरमा भुजिकोटलाई पर्यटकीय क्षेत्रको रुपमा चित्रण गरिएको एफएफका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको रचनाको गीत सार्वजनिक गरिएको थियो ।
कम्पनी अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ र सञ्चालन सचिव ज्योति श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
गण्डकीका मुख्यमन्त्री भन्छन् : आफ्नैले गरेको आलोचना सहिनसक्नु
गण्डकी प्रदेश सभामा संकल्प प्रस्तावमाथि छलफल जारी, सरकारप्रति कटाक्ष
hero news full width
मुख्य समाचार
विकास खर्च तीन वर्षयताकै कम
हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७