म्याग्दी । कोरोना महामारीका कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।
नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।
उनका अनुसार निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय खोल्न अनुमति मागेका थिए । सोही अनुसार नगरपालिकाले खोल्न दिन निर्णय गरेको हो ।
विद्यालयमा जनस्वास्थ्यको अक्षरसः पालना गर्ने र नगरको पाहिएमा विद्यालय नै जिम्मेवार रहने गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए । उनले शैक्षिक संस्थाहरु बन्द हुँदा चालू शैक्षिक सत्र नै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गरेर मात्रै विद्यालय सञ्चालन गरिने छ ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
‘नेपाली भाषा विषयको अवमूल्यन नगर’
ग्लोबल कलिजियटले मनायो रजतजयन्ती
गण्डकी विश्वविद्यालय रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त
पाठ्यक्रममा मुक्तक समावेश गर्न माग
hero news full width
मुख्य समाचार
विकास खर्च तीन वर्षयताकै कम
हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७