म्याग्दी, १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिकाको विशेष गाउँसभाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ ।
शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न विशेष गाउँसभाले जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि विशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन’ पारित गरेको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरद्वारा सभामा प्रस्तुत ऐन सर्वसम्मत रुपमा पारित भएको थियो ।
गत भदौमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा आयोजित जिल्लाका सरोकारवालाहरुको सर्वपक्षीय बैठकले जथाभावी निर्माण गरिएका सडकका कारण प्राकृतिक विपत्ति बढेको भन्दै जनधनको क्षति न्यूनीकरण गर्न प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय गरेको थियो । सर्वपक्षीय बैठकको निर्णय र गाउँपालिकाको वातावरणमैत्री विकासलाई अघि बढाउने नीति कार्यान्वयनको लागि सो ऐन पारित भएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए ।
स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा सडकको नयाँ ट्रयाक निर्माणमा प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण गर्ने, फोहोरमैला व्यवस्थापन, नदीजन्य ढुंगागिट्टी लगायतका वातावरणीय स्रोत व्यवस्थापनका क्षेत्रलाई समेत समेटीएको छ । गाउँसभामा गाउँपालिकाको पहिलो चौमासिकमा ३ दशमल २१ प्रतिशत पुँजीगत र २० दशमल १९ प्रतिशत चालु प्रगति भएको विवरण समेत पेश गरि अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार सभाले वडा नम्बर ५ पुलचोक–पिपलबोट–पाँखु–धारा–सिर्कुम–टिकाबाङ सडकखण्डको हाँडेभीरमा सडकको ट्रयाक निर्माण र नदी नियन्त्रण योजना सञ्चालनको लागि थप ५० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापन गरेको छ । यस अघि ५० लाख बजेट विनियोजन भएको सो योजनामा सभाले ५० लाख थप गरि १ करोड रुपैयाँ बजेटको योजना ठेक्का मार्फत कार्यान्वयन गर्ने स्रोत व्यवस्थापन गरेको हो । सभाले कार्यपालिका बैठकबाट भएका निर्णयहरु अनुमोदन तथा योजना कार्यान्वयनको लागि आवश्यक अधिकार प्रत्योजन लगायतका निर्णयहरु समेत गरेको छ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७