हेमजा । सुइँखेत खोलाले दुःख दिइरहेपछि घरखेत जोगाउन भन्दै यतिबेला हेमजावासी खोला नियन्त्रणमा कसिएका छन्। जसअनुसार हाल खोलाको उत्तरी किनारमा तटबन्धसँगै ५ मिटर फराकिलो सडक निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान र जनसहभागिताबाट सो कार्य गरिएको हो । यस वर्ष १ सय ५० मिटर लम्बाईमा खोला नियन्त्रणको कार्य गरिने निर्माण समितिका अध्यक्ष शोभाकर भण्डारीले जानकारी दिए ।
विगतमा खोला आसपासको कैयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गर्नुका साथै खोला नजिकैका घरहरुमा क्षति पु¥याउँदै आएको थियो ।
चौरासी नहरको मुहानदेखि अन्नपूर्ण नहरको मुहानसम्मको करिव ३ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएमा करिव २ सय हेक्टर खेतीयोग्य जमिन जोगिने र १ सय घरधुरी सुरक्षित हुने अनुमान छ । नियन्त्रणमा हाल दैनिक २५ मजदुर कार्यरत छन्।
विगत वर्षहरुमा पनि खोला नियन्त्रणका लागि २ सय २५ मिटर लम्बाईमा तटबन्धको कार्य भइसकेको थियो । वर्षैपिच्छे नियन्त्रणको कामले निरन्तरता पाउँदा स्थानीय भने खुसी देखिन्छन् ।
Related News
सम्बन्धित समाचार
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७