पोखरा, १२ मंसिर । कास्कीमा ट्राफिक नियम उल्लंघन गरेवापत् संकलित राजस्व अबदेखि सिधैँ बैंक खातामा जम्मा हुने भएको छ । राजस्व संकलन थप पारदर्शी बनाउन सवारीधनी र चालकको जरिवाना सिधैँ बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको हो ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र यसअन्तर्गतका इकाइहरुबाट सवारी नियम उल्लंघन गरेवापत यातायात व्यवस्था ऐन, २०४९ बमोजिम जरिवाना गरी संकलन गरिनेछ । र, सो रकम पोखरा –९, नयाँबजारमा नवनिर्मित कार्यालय भवनमा स्थापित ग्लोबल आईएमई बैंकको काउन्टरमा संकलन सुरुसमेत गरिएको हो ।
सोे काउण्टरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले शनिबार उद्घाटन गरे ।
बैंक काउण्टर स्थापनापछि ट्राफिक कामकारबाही सहज, छिटोछरितो र पारदर्शी रुपमा सञ्चालनका लागि सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७