पोखरा, १२ मंसिर । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगितामा रत्नज्योति सेकेण्डरी स्कुलकी अमृता अधिकारी प्रथम भएकी छन् ।
प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी खुसी विक द्वितीय, पोखरा क्याम्ब्रीज इङ्लीसकी सन्जना मगर तृतीय र अक्सफोर्ड स्कुलकी रोशनी शर्मा सान्त्वना भएको जानकारी प्रतियोगिता संयोजक राजु कायस्थले दिए । कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराई मनबल उकास्ने हेतुले सो प्रतियोगिता गरिएको सहक्रियाकलाप संयोजक राजु केसीले जानकारी दिए।
प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराएर गरिएको प्रतियोगिता नेपालकै उदाहरणीय भएको बताए ।
नेशनल प्याव्सन गण्डकी प्रदेश अध्यक्ष याम खड्काले भाषाको विकास गर्न वक्तृत्वकला कोषेढुड्डा सावित हुने बताए ।
निर्णायक प्राडा कपिल अधिकारी र दिनेश अर्यालले विद्यार्थीको क्षमता अभिवृद्धिमा एन प्याव्सन कास्की अग्रणी भूमिकामा रहेको बताए ।
नेशनल प्याव्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले प्रत्यक्ष रुपमा सञ्चालन भएको प्रतियोगिताले सुषप्त रहेको शैक्षिकजगत्मा उर्जा थप्ने बताए ।
नेशनल प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य शिवराज पौडेलले गरेका थिए ।
शैक्षिक क्षेत्रमा कोभिड–१९ को प्रभावविषयक प्रतियोगिता भएको हो । निर्णायकमा प्राडा लक्ष्मीशरण अधिकारी, डा कपिल अधिकारी र दिनेश अर्याल थिए । विजयीलाई मायाको चिनो र ट्रफी प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
अमृताको स्मृतिमा परिवारद्वारा शैक्षिक सामग्री वितरण
कम्युनिस्ट पार्टी सरकार सञ्चालनमा असफल भए : कांग्रेस नेता धनराज गुरुङ
नारी दिवसमा कांग्रेस नेतृ सरस्वती गुरुङद्वारा पुस्तक सहयोग
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७