पोखरा । पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीले टिभिएस ब्राण्डको स्कुटर खरिदमा मोटरसाइकल उपहार जितेका छन्।
घटस्थापनामा बतास ब्रदर्शको टिभिएस शोरुमबाट २ लाख ५० हजारको एन्ट्रोक रेस इडिसनको स्कुटर किनेका उनले लक्की ड्र मार्फत बम्परमा ७ लाख ८० मुल्य बराबरको आरआर ३१० मोटरसाइकल पुरस्कार जितेको जानकारी बतास ब्रदर्शका टिभिएस युनिटका बिक्री प्रबन्धक सन्तोष पोखरेलले बताए।
टिभिएसले दशैँ तिहार, छठ लगायत पर्वलाई लक्षित गरी ल्याएको ‘टिभिएस दशैँको आशा’ उपहार योजना बम्परमा मोटरसाइकल पुरस्कार राखिएको थियो।
विजेता तिवारीलाई बिहीबार शोरुममा एक कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गरियो।
गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजेता तिवारीलाई चावी हस्तान्तरण गरे ।
विजेता तिवारीले श्रीमतीका लागि टिभिएस एन्ट्रक स्कुटर किन्दा नसोचेको उपहार पाएको बताउँदै पहिलो पटक टेलिभिजनबाट विजेता भएको सुन्दा खुसीको सीमा नरहेको उल्लेख गरे।
बतास ब्रदर्शका कार्यकारी निर्देशक प्रमेश पराजुलीले देशका अन्य स्थानमा ग्राहकले उपहार पाइरहँदा यस क्षेत्रमा पनि परे हुन्थ्यो भन्ने सदीक्षाबमोजिम पुरस्कार पोखराका ग्राहकलाई परेकामा खुसी व्यक्त गरे।
दशैँ तिहार उपहार योजना शुरु भएपछि पोखरा शोरुमबाट ६ हजार स्कुटर तथा मोटरसाइकल बिक्री भएको छ ।
Related News
सम्बन्धित समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
विकास खर्च तीन वर्षयताकै कम
बिजुली नहुँदा मालिका अन्धकार
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
hero news full width
मुख्य समाचार
हिउँ नपर्दा चिन्तामा किसान
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७