गण्डकीमा थप दुई संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७७
covid 19 corona banner

पोखरा, १२ मंसिर । कोरोना संक्रमणबाट गण्डकीमा थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनलाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, पोखरा महानगरपालिका वडा नं. ३२ की ६६ वर्षीया महिलाको आज (शुक्रबार) उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा मृत्यु भएको हो ।

उनलाई मंसिर ५ गतकोरोना पुष्टि भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित सबै नवलपुरका हुन् ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ५६ पुगेको छ भने संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width