जाकार्ता, ११ मङ्सिर । इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ ।
समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो ।
इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।
मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै छ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् ।
बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनी र उनकी श्रीमतीले अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ ।
मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उनको मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१