तनहुँ, ११ मंसिर । तनहुँको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आँवुखैरेनी गाउँपालिकाको वडा नं. ३ मिलनचोकको खहरे खोलाबाट बस खसेको थियो ।
बेनीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेका १८ जना मध्ये २ जना गम्भीर घाइते र ११ जना सामान्य रहेका छन् ।
उनीहरुको आँबुखैरेनी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछी आँबुखैरेनी हार्डजोर्नी अस्पताल तथा चितवनका विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बस पुलबाट केही तल खसेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।