कोभिडबाट गण्डकीमा थप २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७७
covid 19 corona banner

पोखरा, ११ मंसिर । कोरोना संक्रमणबाट गण्डकीमा थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं. १३ की ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बुधबार राति साढे ९ बजे उपचारका क्रममा मणिपालशिक्षण अस्पतालमा मृत्यु भएको थियो । उनलाई मंसिर ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, लमजुङ जिल्ला मध्येनेपाल नगरपालिका वडा नं. ७ की ८७ वर्षीय महिलाको बुधबार २ः३० मा उपचारको क्रममा कास्की सेवा अस्पतालमा मृत्यु भएको हो ।

उनलाई मंसिर ९ गतकोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १ सय ४४ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width