पोखरा, ११ मंसिर । पाल्पाली समाज पोखराको २७ औं स्थापना दिवस अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दु घिमिरेले पहिलो रक्तदाता सञ्जय आत्रेयलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
उनले पाल्पाली समाज पोखराको सामाजिक गतिविधिको सह्राहना गर्दै पाल्पाली चेली भएको नाताले गर्व महसुस भएको बताइन् । उनले संस्थाले गरेको स्वागत तथा सम्मानबाट झनै अपनत्व महसुस भएको उल्लेख गरिन् ।
समाजले पोखरा र पाल्पाको पर्यटन प्रवद्र्धनका लागि लेकसाइडमा डिजिटल बोर्ड संचालन गरेकोमा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेश सरकारसँग सहकार्यमा काम गर्ने योजना आए आफूले सक्दो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष समेत रहेका पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्का अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, लायन्स क्लबका क्लस्टर ऋषि गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब पोखरा तालबाराही र पाल्पाली बहुउद्देश्यीय सहकारीको सहकार्यमा भएको कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको थियो ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका उपाध्यक्ष रेशम रचक थापा र संचालन सचिव केशव नेपालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अमरसिंह माविको ६८ औं वार्षिकोत्सव
लायन्स लेखनाथमा कृष्णप्रसाद
‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’
फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि
‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०