महान फुटबलर म्याराडोनाको निधन

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७७
maradona

पोखरा,  १० मंसिर ।  अर्टेन्टिनाका महान् फूटबलर डियगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण बुधबार निधन भएको छ । उनको केही दिनअघि मात्र मस्तिष्कको शल्यक्रिया भएको थियो । उनले अस्पतालमै रहेर आराम गरेका थिए ।

अघिल्लो महिनामात्र ६०औं जन्मदिन मनाएका उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए । कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । जन्मदिन पनि आइसोलेसनमा मनाएका हुन् ।

अर्जेन्टिनी टोली जिम्नासिया ला प्लाटाको प्रशिक्षकका रुपमा रहेका उनले ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । उक्त खेलमा उनले आफूलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाइन छाडेका थिए ।

उनको नेतृत्वमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width