कोरोनाविरुद्धको खोप नआउदासम्म विद्यालय बन्द

रासस
मंसिर १०, २०७७
school

नयाँदिल्ली, १० मङ्सिर । भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो ।

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, ’जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।’ कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् । कोरोनाभाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो ।

भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

तुलनात्मक रुपमा कोरोनाभाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो । नयाँदिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोनाभाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा ९२ लाख २२ हजार २१६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या भने एक लाख ३४ हजार ६९९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…

hero news full width